देशबागमती प्रदेशहेटौंडामा जवरजस्ती करणी अभियोगमा डाक्टर पक्राउ

हेटौंडामा जवरजस्ती करणी अभियोगमा डाक्टर पक्राउ

spot_img

मकवानपुर: महिलालाई जवरजस्ती करणी गरेको आरोपमा हेटौंडामा एकजना डाक्टर पक्राउ परेका छन्। महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई प्रहरीले पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।

हेटौंडा–१ स्वर्गलोक बस्ने हेटौंडा सिटी अस्पतालका संचालक ३६ वर्षका राई मंगलबार प्रक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।

आफ्नै अस्पतालमा कार्यरत एक जना पूर्व महिला कर्मचारीलाई १८ गते राति जवरजस्ती बलात्कार गरेको आरोपमा उनी विरुद्ध जाहेरी परेपछि उनलाई पक्राउ गरिएको एसपी सीताराम रिजालले जानकारी दिए । उनलाई जिल्ला अदालत मकवानपुरबाट अनुसन्धानका लागि पाँच दिनको म्याद गरिएका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img