देशबागमती प्रदेशप्रहरी गर्यो १५० लिटर भन्दा बढी मदिरा नष्ट

प्रहरी गर्यो १५० लिटर भन्दा बढी मदिरा नष्ट

मकवानपुर: इलाका प्रहरी कार्यलय फापरबारीले १५० लिटर मदिरा (रक्सी र जाँड) नष्ट गरेको छ।  इलाका प्रहरी कार्यलयबाट खटिएका प्रहरीले बकैया गाउँपालिका तिनतलेबाट सोमबार बिहान उक्त मदिरा बरामद गरेको थियो ।

बकैया गाउँपालिकाबाट हेटौंडा तर्फ आउदै गरेको उक्त १५० लिटर मदिरा ना ५ ख ११९५ , बा ३ ख १८०५ र बा ४ ख ८५३८ यात्रु वाहक बसबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय फापरबारीले जनाएको छ ।

बरामद गरिएको मदिरालाई बाग्मती गाउँपालिका वडा न. ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिनाको रोहबरमा प्रहरीले नष्ट गरेको हो ।

बकैया गाउँपालिकामा मदिरा सेवन र बिक्री वितरण गर्न निशेध छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img