देशकोशी प्रदेशझापाको जंगलमा महिला कर्मचारीसँग भेटिएका स्वास्थ्य प्रमुख निलम्बित

झापाको जंगलमा महिला कर्मचारीसँग भेटिएका स्वास्थ्य प्रमुख निलम्बित

सुनसरी : झापाको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई नगरपालिका अन्तर्गतको अस्पताल व्यवस्थापन समितिले निलम्बन गरेको छ ।

बस्नेत र उनकै एक सहकर्मी महिला कर्मचारीलाई वन क्षेत्रमा श्रीमतीले लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि अस्पताल व्यवस्थापन समितिले निलम्बन गरेको छ ।

समितिको आकस्मिक बैठकले बस्नेतलाई निलम्बन गर्न सिफारिस गर्ने निर्णय गरेको र समितिको बैठकले घटनामा संलग्न महिला कर्मचारीलाई ४८ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

बिहीबार बेलुका बस्नेत र ती महिला कर्मचारी सडकछेउको वन क्षेत्रमा बसिरहेका समयमा बस्नेतकी श्रीमतीले लछारपछार पारेकी थिइन् ।

ती महिला कर्मचारी र बस्नेतको नाजायज सम्बन्ध रहेको भन्दै बस्नेतकी श्रीमती आक्रोशित भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img