Sunday, April 20, 2025
देशकोशी प्रदेशइटहरीमा अत्यधिक कर बढाइएको भन्दै इटहरी २ वडा कार्यालयमा तालाबन्दी
spot_img

इटहरीमा अत्यधिक कर बढाइएको भन्दै इटहरी २ वडा कार्यालयमा तालाबन्दी

इटहरी / इटहरी उपमहानगरपालिकाले आर्थिक वर्षको बजेट तथा निति कार्यक्रमले इटहरीका जग्गाको कर बढाएको भन्दै इटहरी उपमहानगरपालिका २ का स्थानीय बासिहरूले इटहरी २ वडा कार्यलयमा तालाबन्दी गरेका छन् ।

कर वृद्वि भएको भन्दै इटहरी वडा नं. २ का स्थानीयबासीहरूले भेला भएर कार्यालय खुल्नासाथ तालाबन्दी गरेका हुन् । आज पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय गोपाल खड्काले बताए ।

मालपोत कार्यलय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको भन्दै आँफूहरू आन्दोलित बनेको स्थानीय बाबुराम दङ्गालको भनाइ छ ।

स्थानीयले उठाएको माग सुनुवाइ नभए चरणबद्द रूपमा आन्दोलन गर्ने उनको भनाइ छ । यता, इटहरी उपमहानगरपालिकाको १२ औं नगर सभा बैठकले कर समायोजन गर्न समिति गठन गरेको छ ।IMG 20231003 112341

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img