सेयर बजारसामलिङ्ग पावरको (आईपीओ) बाँडफाँड भोलि, रिजल्ट यसरी हेर्नुहोस

सामलिङ्ग पावरको (आईपीओ) बाँडफाँड भोलि, रिजल्ट यसरी हेर्नुहोस

काडमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको (आइपीओ)को नतिजा मंगलबार आउने भएको छ ।

कम्पनीको (आईपीओ) बाँडफाँट मंगलबार हुने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता (आईपीओ) खुला गरेको थियो ।

जसमा दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो । आवेदन दिएकामध्ये गोलाप्रथा मार्फत ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।

खुला भएको आइपीओ र आवेदकको संख्या हेर्दा २१ लाख ९७ हजारको हात खाली हुने अवस्था छ । कम्पनीले कुल निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर भने सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img