अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीसँगको सम्झौताका विषयमा नेपालको भूमिकाप्रति असन्तुष्टि जनाएको छ ।
हालै अन्त्य गरिएको संसद् अधिवेशनबाट पनि एमसीसी सम्झौता अनुमोदन नभए पछि अमेरिकाले असन्तुष्टि जनाएको हो ।
यो सम्झौता आउँदो हिउँदे अधिवेशनमा संसदबाट अनुमोदन हुन्छ वा हुँदैन भन्नबारेमा पनि सरकारले विश्वस्त पार्न नसके पछि अमेरिकाले असन्तुष्टि जनाएको हो ।
संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एसिसिको मुख्यलयले एक विज्ञप्ति जारी गर्दै एमसिसि अनुमोदन नै नगरी अधिवेशन अन्त्य हुनुले नेपालका दशौँ लाख घरपरिवारले एमसीसीबाट पाउने सुविधा थप ढिलाइ हुन पुग्ने बताएको छ एसीसीले सम्झौता अगाडि बढाउने , नबढाउने निर्णयमा नेपालमै निर्भर रहेको उल्लेख गरेको छ । गत सेप्टेम्बर महिनामा सम्झौता अगाडि बढाउन एमसीसीका उच्च पदस्थ पदाधिकारी नेपाल भ्रमण गरेका थिय ।
उक्त भ्रमणलाई स्मरण गर्दै एमसीसीले सहयोगबारे थप प्रस्टयाएको उल्लेख गरेको छ । विज्ञप्तिमा गठबन्धनका नेताहरूले अनुमोदनका लागि आवश्यक कदम बुझेको र नेपालको कानुनअनुसार आवश्यक रहेको समेत उल्लेख गरिएको छ ।



