सुनसरी : प्रदेश नम्बर १ को भोजपुर जिल्ला पनि वातावरण , पर्यटनले भरिपुर्ण जिल्ला हो । अहिले आएर भोजपुरको विभिन्न ठाउँ विजुलि बत्ती पुगेर मानिसमा उज्यालो थपिएको छ ।
खोला नाला , झरनाले भरिपुर्ण रहेको छ। मठ मन्दिर , पर्यटन क्षेत्र , धार्मिक स्थल यहाका मुल्य पर्यटन क्षेत्र र रूचि क्षेत्र हो । स्वदेश तथा विदेशीमा पहिचान नै बनाएको भोजपुरे खुकुरीको लोप हुने अवस्थामा पुगेको छ । स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा र संरक्षणको अभावमा यो पेशा नै लोप हुने अवस्थामा पुगेको हो ।भोजपुरे खुकुरीको माग स्थानीय बजार र बाहिर र काहिँ कहिँ जिल्लाका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भएपनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायिहरू बताउछन् ।
भोजपुरे, सिरूपाते , चित्लाङले कोथीमोडा लगायत खुकुरी बनाउने गरिएकामा यश पेशालाई अपहेलनाको रूपमा हेरिने गरिएका कारण सङ्कटमा परेको स्थानीयको गुनासो छ।यस्ता खुकरी विश्व बजारमा समेत प्रख्यात रहेको छ । यी खुकुरीको माग धेरै हुने गरेको स्थानीयले भन्छन् । विगतका वर्षमा धेरै कालिगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रुपमा यो काम गर्नेको सङ्ख्या न्यून हुँदैगएको स्थानीयको गुनासो छ ।मानिसको बढी मेहनत गर्नुपर्नाका साथै व्यवसाका लागि आवश्यक कच्चापदार्थ अभाव र नयाँ पुस्तामा यसप्रति मोह नभएकाले यो पेशा सङ्कटमा पर्दै गएको कालिगढ हर्कबहादुर विश्वकर्मा बताउँछन् ।यश काममा धेरै दुःख हुन्छ , अर्कातिर कच्चापदार्थ जुटाउन नै समस्या छ । कम्तीमा पनि राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने उपकरण खरिदमा केही सहयोग गरिदिए राहत मिल्ने थियो ।
अहिलेसम्म राज्यले हामीलाई प्रोत्साहन गरेजस्तो लाग्दैन भन्ने स्थानीयको गुनासो रहेको छ । परम्परागत काम हराउँदै गएको छ भन्ने स्थानीयको गुनासो रहेको छ ।खुकुरी बनाउने युवा पनि नेपालमा छैन , सबै खाडी मुलुक तिर छन् । नेपाल रोजगार छैन भन्दै खाडी मुलुक जाने गरेको छ ।जुन काम गरे पनि रोजगार नेपालमा नै छ । राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा यस्ता व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालकको भनाइ छ ।
यस पेशालाई बचाइ राख्न तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको खुकुरी व्यवसायी बताउँछन् । पेशालाई जोगाइ राख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुको सुझाव छ ।



