सुनसरी : बहुमत जुटाउन नसकेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेका हुन् ।
आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । यसअघि ७ कात्तिकमा विश्वासको मत विभाजनका लागि बैठक बोलाइएको थियो तर एमाले र कांग्रेसले बैठक स्थगन गर्न निवेदन दिएपछि आज सोमबारका लागि बैठक बोलाइएको थियो ।
मुख्मन्त्री नियुक्ति भएयता आफ्नो सरकारले गरेका कामका बारेमा जानकारी दिदै राजीनामा घोषणा गरेका हुन् । उनी भदौ १० मा मुख्यमन्त्री नियुक्ति भएका थिय । उनिभन्दा अगाडि नै एमालेकै शेरधन राई मुख्यमन्त्री थिय । उनले राजीनामा दिएपछि बहुमतपात्त दलको नेताको हैसियतमा आचार्य मुख्यमन्त्री बनेका थिय । मत विभाजनअघि नै राजीनामा दिएका हुन् । उनले ५ कात्तिकमा प्रदेशसभामा विश्वासको मत प्रस्ताव गरेका थिए ।
९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सभामुखसहित कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपा तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी ४९ सांसद छन् । बहुमत पुर्याउन ४७ सांसद भए पुग्छ । विपक्षी गठबन्धनसँग नयाँ सरकार बनाउन पर्याप्त संख्या रहेको छ । अब तिहार अगि नै नयाँ सरकार गठन हुदाँ राजेन्द्र राई मुख्यमन्त्री हुने धेरै सम्भावना रहेको छ ।



