फिचरछोरी र बाउ बोकेर गल्ती गरियो अब गरिँदैन : केपी शर्मा ओली

छोरी र बाउ बोकेर गल्ती गरियो अब गरिँदैन : केपी शर्मा ओली

चितवन । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको । अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई/दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’

सोमबार चितवनमा आयोजित प्रथम महानगर अधिवेशनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली यसरी नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र छाेरी रेणु दाहालविरुद्द उत्रिए ।अध्यक्ष ओलीले चितवन महानगरकी मेयर रेणु दाहालमाथि पनि खबरदारी गरे । उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गर्ने पनि बताएका छन् ।चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै स्थानीय तहको निर्वाचनमा अन्य दललाई धोबीले लुगा पछारेको जस्तरी पछार्नुपर्ने बताए ।

‘यो सरकार चल्दै जाने र लुतो लागेको कुकुर जस्तै खुइलिँदै जान्छ । एमालेले चाहे यो सरकार सात दिनमा ढाल्न सक्छ तर, हामी सरकार ढाल्न हतारो गर्दैनौँ । जनतालाई सचेत पार्न अगाडि बढ्छौँ ।’-/File Photo

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img