देशकोशी प्रदेशइटहरी उपमहानगरले हात्ती भगाउन शान्तिनगरलाई दियो साईरन

इटहरी उपमहानगरले हात्ती भगाउन शान्तिनगरलाई दियो साईरन

सुनसरी / इटहरीमा जंगली हात्तीले रातभर दुःख दिन थालेपछि इटहरी उपमहानगरपालिकाले हात्ती भगाउने साइरन जडान गरेको छ ।

इटहरी वडा नम्बर -२ स्थित शान्तिनगरमा जंगली हातीले रातभर दुःख दिन थालेपछि उपमहानगरापलिकाले हात्ती भगाउने चारवटा साइरन जडान गरिदिएको हो ।

चारकोसे नजिक वस्ती रहेका कारण इटहरी २ नं. वडाको शान्तिनगरमा दैनिकजसो हात्तीका बथानहरू आउन थालेपछि उपमहानगरले साइरन जडान गरिदिएको जनाएको छ । स्थानीय रोशन अधिकारीले रातभर आउने हात्तीले आँफूहरू जागै बस्नुपरेको बताए । उनले पटकपटक इटहरी उपमहानगरलाई जानकारी गराएपछि साइरन उपलब्ध भएको जनाए ।

इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको भनाइ उदृत गर्दै अधिकारीले जंगलसँग शान्तिनगर जोडिएकाले उज्यालो बनाउनका लागि २५ थान बत्तीसमेत दिन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img