Saturday, April 19, 2025
अन्यधरानमा ट्रक र स्कुटर एकापसमा ठक्कर भइ दुर्घटना हुँदा इटहरीका एक पुरुषको...
spot_img

धरानमा ट्रक र स्कुटर एकापसमा ठक्कर भइ दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु

सुनसरी / धरानमा ट्रक र स्कुटर एकापसमा ठक्कर भइ दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु भएको छ ।

धरान वडा नम्बर -८ स्थित लाङ्घाली चौकमा आज बिहान ५ बजेर ३०मिनेटमा मालवाहक ट्रक र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा इटहरी वडा नम्बर – ९ का ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान जाँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर – ९ घर भएका ५० वर्षीय टेकबहादुर राई गम्भीर घाइते भएका छन् ।

उनको प्रतिष्ठानमै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img