देशकोशी प्रदेशइटहरी वडा नम्बर ९ मा एक जना व्यक्ति मृत फेला
spot_img

इटहरी वडा नम्बर ९ मा एक जना व्यक्ति मृत फेला

सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थीत दक्षीणकाली मन्दिर परिसरमा एक जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

अन्धाजी ४०/४२ वर्षका नाम, थर, ठेगाना नखुलेका व्यक्ति सो ठाउँमा मृत भेटिएका हुन् । उनको साथमा एउटा झोला फेला परेकाे छ । झोला भित्र भुल तन्ना, चप्पल छन्।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक कैलाश चौधरीले झाेला भित्रका सामान हेर्दा मागेर जीविकोपार्जन गर्ने सडक मानव हुन सक्ने बताए । मृत शवलाई वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापा, प्रहरी निरिक्षक कैलाश चौधरी र स्थानीयको रोहबरमा मुचुल्का उठाई इटहरी उपमहानगरपालिकाको शव वहानमार्फत पोष्माटमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पाठाइएको छ ।

मृतकको अनुसन्धान भइरहेको र पोष्माटमपछि मात्र थप जानकारी प्राप्त हुने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक कैलाश चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img