सुनसरी : सुनसरी सदरमुकाम इनरुवा- २ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोई माटो मुछन् त कोई भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन्।
उनीहरुको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटाका भाँडा सहज रुपमा पुर्याउने रहेको छ । तिहार नजिकिनुभन्दा एक महिना अघिबाटै माटोको दियोसहित कलश र माटाको भाँडा बनाउनमा व्यस्त बनेका इनरुवा- २ का झमेली पंडित उहाँ बजारमा दर्जनको ३० रूपियाले दियो बिक्री गर्न पाएकोमा खुसि भएको बताएका छन् ।हिन्दुहरूको महानपर्व तिहार तथा छठ आउन केही दिन मात्र बाँकी छँदा सुनसरी सदरमुकाम ईनरूवाका मात्र नभइ जिल्लाका विभिन्न स्थानमा रहेका कुम्भकार अर्थात पण्डित समुदायका मानिस अहिले माटाबाट दियो निर्माण हुने भाँडा बनाउने काममा व्यस्त रहेका छन् ।
सदरमुकाम इनरूवा, कोशी , भोक्राहा ,हरिनगर, देवानगञ्ज, नरसिंह लगाएत स्थानीयतहमा रहेका कुम्भकार अर्थात पण्डित समुदायका मानिसले चार्डपर्पलाई सहज बनाउने उद्देश्यले माटाका भाँडा बनाउने काममा व्यस्त भएको इनरुवा -२ का श्रीप्रसाद पण्डितले बताएका छन् ।
माटाको दियोलाई बजारमा लगि बेचेर आम्दानी गर्न सकिन्छ र क्रेताहरूले घरमा लगेर माटाका दियोमा बत्ती बालि लक्ष्मि पुजाको दिन बेलुका बाल्ने गरिन्छ । इनरुवामा बनाएका माटाका दियो इटहरी , तरहरा, जस्ता विभिन्न बजारमा लगेर बेच्न सकिन्छ ।



