सुनसरी : प्रदेश नम्बर १ का मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी )का नेता राजेन्द्र राई नियुक्ति भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८(२) अनुसार राइ मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रदेश १ का एमालेका सांसद भीमप्रसाद आचार्यले हिजो सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट राजनीतिमा दिने घोषणा गरेको पत्र बुझाएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आज मंगलबार १ बजेसम्मका लागि समय दिएका थिय ।
हिजो सोमबार नै ५ दलीय गठबन्धन दलको समर्थनमा नेकपा ( एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतूत्वमा नयाँ सरकार गठनका लागि दावी पेस गरिएको थियोे र भिमप्रसाद आचार्यले राजीनामा दिएका छन् ।




