सुनसरी : बराहक्षेत्रमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका – ८ बस्ने बहादुर खड्का भन्ने नामको घरमा कौडा (जुवा) खेल खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी निरीक्षकको कमाण्डय टोली खटि गई चेकजाँच गर्ने क्रममा १५ जना व्यक्तिलाई कौडा खेलिरहेको अवस्थामा कौडासहित खालबाट नगद २ लाख ८२ हजार ५५ रूपियाँ सहित पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई मुलकी अपराध संहिता – २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जिल्ला प्रशासन कार्यलय सुनसरीबाट तीनदिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा बराहक्षेत्र -६ बस्ने ४६ वर्षका अगम तामाङ ,बराहक्षेत्र -८ बस्ने वर्ष ४१ का वसन्त राई र सोही स्थनका वर्ष ६८ का मदन घिमिरे जस्ता १२ जनालाइ प्रहरीले पक्राउ गरेको छ । १२ जनाको नाम खुल्न बाकि रहेको छ ।



