देशकोशी प्रदेशखोलाक‍ो किनारमा एक युवकको शव फेला

खोलाक‍ो किनारमा एक युवकको शव फेला

सुनसरी : मोरङको विराटनगर महानगरपालिका-१६ मा एक पुरूषको शव फेला परेको छ । हिजो शुक्रबार विराटनगर-१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा अन्दाजी २५-२६ वर्षिय एक युवकको शव फेला परेको छ ।

कालो रंगको टि- सर्ट र कालै रंगको ट्राउजर लगाएको ,गोरो गोरो अनुहार, कालो कपाल, त्यस्तै पाँच फिट चार इन्च उचाइ , घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला लगाएको र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएको एक व्यक्ति प्रहरीले भेटेएको जनाएको छ ।

शवको पहिचान भने भयको छैन । शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गूहमा राखिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img