ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ?
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रा कष्टकर हुनसक्छ सचेत रहनु पर्छ, तर आफन्तसँग भेटघाट हुनेछ । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्श नगरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता शुभकार्यको चर्चा चल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ । नयाँनयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइने छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो हप्तामा बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मनोरञ्जन कार्यक्रममा सहभागिता भइनेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । स्वास्थ्यमा सुधार पनि आउला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साताको सुरुका दिनमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ, तर धार्मिक यात्राको योग छ । सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्श नगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । व्यापार व्यवसायमा बाधा आउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कलेजी वा पहेँलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन वा स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर पनि मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता आफूले गरेको कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । शेयर बजारमा लगानीको अवसर जुट्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता शुभकार्यको चर्चा चल्नेछ र शुभ कार्यमा सरिक भइनेछ । पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ । नयाँ काममा हात हाल्ने समय पनि छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । अचल सम्पत्ति हात पर्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलता पनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता सामाजिक कामको दायित्व बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको स्मरण वा पूजा गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।



