इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीको ह’त्या गर्ने प्रयास भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान कदिमीको निवासमा ड्रोन हमला भएको हो ।इराकी सेनाका अनुसार यो हमला उनको ज्यान लिने नियतका साथ गरिएको थियो । तर सो आक्रमणबाट कदिमी भने पूर्ण रूपमा सुरक्षित छन् ।
हमला लगत्तै उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् शान्ति बनाइराख्न अपिल गर्दै आफू सुरक्षित रहेको जानकारी दिएका छन् । हमलाको बारे कुनै संगठनले जिम्मा लिएको छैन । घटनाबारे थप छानबिन भइरहेको इराकी प्रहरीले जनाएको छ ।



