समाजसुनसरीको कोसीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरीको कोसीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी / सुनसरीको कोसीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति सुनसरीको कोसी गाउँपालिका–१ जमुवास्थित पूर्व–पश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिदाँ एक पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुने पुरुष अन्दाजी ५५ वर्षीय रहेका छन् । उनको नाम, थर, वतन तत्काल नखुलेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img