मकवानपुरबकैया गाउँपालिकाबकैयामा स्वास्थ्य शिविर: करिब २ सय जना लाभान्वित

बकैयामा स्वास्थ्य शिविर: करिब २ सय जना लाभान्वित

मकवानपुर | मकवानपुरको बकैया गाउँपालिका वडा नं १ मा शनिवार भएको स्वास्थ्य शिविरबाट करिब २ सय जना लाभान्वित भएका छन्। गाउँपालिकाको सहयोगमा मारमा बाएर हेटौँडाको समन्वयमा भएको शिविरमा १८० जनाले सेवा लिएका छन् ।

शिविरमा विभिन्न स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो। प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको शिविरमा हेटौँडा अस्पतालबाट ४ विशेषज्ञ डाक्टरको सहयोग रहेको थियो।

शिविरमा महिलाहरूको पाठेघरको मुखको परीक्षण, मुटुको परीक्षण, नाक, कान, घाटी र दाँतको परीक्षण गरिएको थियो। साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो। शिविर औपचारिक रूपमा सुरु गरिएको थियो। प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको उपस्थिति रहेको थियो। बकैया-१ का अध्यक्ष आशिष् तितूङको सभापतित्वमा कार्यक्रम भएको थियो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले रोग लाग्नुभन्दा अघि नै सचेत हुनुपर्नेमा जोड दिए। उनले अन्य संस्थाहरूलाई पनि गाउँ गाउँमा शिविर सञ्चालन गर्न आग्रह गरे। शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ जना मेडिकल विद्यार्थीको पनि सहभागिता रहेको थियो।

बकैयाको बिकट क्षेत्रमा पर्ने वडामा यस्तो शिविर पहिलो पटक भएको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img