देशनेपाल प्रहरीका डिआइजी अर्जुन चन्दले दिए राजीनामा

नेपाल प्रहरीका डिआइजी अर्जुन चन्दले दिए राजीनामा

काठमाडौं- नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखको रूपमा कार्यरत चन्दले व्यक्तिगत कारण देखाउँदै शुक्रबार राजीनामा दिएका हुन्।

यद्यपी प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँगको विवादपछि उनले राजीनामा दिएको बताइएको छ। धेरै बिदामा बसेको र काममा ध्यान नदिएको भन्दै आइजिपी कुँवरले उनलाई चेतावनी दिँदै आएका थिए। उनको राजीनामा भने स्वीकृत भइसकेको छैन।

चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img