समाजतनहुँमा आगलागीबाट पाँच बर्षिय बालकको ज्यान गयो

तनहुँमा आगलागीबाट पाँच बर्षिय बालकको ज्यान गयो

spot_img

तनहुँ । तनहुँमा छुट्टाछुट्टै घटनामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ६ दाउन्नेस्थित ऋषिराम थापामगरको घरमा शुक्रबार बिहान बालकले लाइटर खेलाउने क्रममा आगलागी भएको थियो। त्यसैबाट जलेर उनको नाति ५ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

देवघाट गाउँपालिकामा चिता सल्काउने क्रममा दुई घाइते

यस्तै, तनहुँकै देवघाट गाउँपालिका वडा नम्बर २ मा चितामा आगो लगाउने क्रममा दुई जना स्थानीयवासी घाइते भएका छन्। ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भएपछि धार्मिक परम्परा अनुसार दाहसंस्कारका लागि कालीगण्डकी नदीकिनारामा कुशको लास बनाई चिता सल्काउने क्रममा पेट्रोलको प्रयोगबाट आगलागी भएको थियो।

त्यसैबाट घाइते भएका दुई जनालाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img