Thursday, June 12, 2025
समाजविवाह गर्नुअघि वडा कार्यालयको सिफारिस अनिवार्य

विवाह गर्नुअघि वडा कार्यालयको सिफारिस अनिवार्य

spot_img

काठमाडौं । कालिकोटको सान्नि त्रिवेणी गाउँपालिका-४ ले बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुअघि वडा कार्यालयको सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ।

वडाध्यक्ष देवनाथ योगीका अनुसार उक्त नियमको मुख्य उद्देश्य बालविवाह न्यूनीकरण गर्नु नै रहेको छ। वडाबाट सिफारिस लिँदा विवाह गर्नेहरूको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह रोक्न सहज हुने अपेक्षा गरिएको छ।

-Ads-

“बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल-बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ,” योगीले भने।

पहिले भन्दा पछिल्लो समय बालविवाह न्यूनीकरण हुँदै गरेको भन्दै यसलाई पूर्णरूपमा रोकथाम गर्न वडा समितिले यस्तो निर्णय गरेको वडाध्यक्षले बताए। विवाहका लागि उमेर पुगेका युवायुवतीले अनिवार्यरूपमा वडाबाट सिफारिस लिनुपर्ने नियम बनाइएको छ। जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि वडाबाट सिफारिस लिन सकिनेछ।

बालविवाह न्यूनीकरणका लागि सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकामा सादा नेपाल, हुरेन्डेक नेपाल, किर्डाक नेपाल लगायत संस्थाको सहजिकरण र प्लान नेपालको सहयोगमा कार्यक्रम संचालन हुँदै आएको छ।

यसअघि नै रास्कोट नगरपालिका वडा नम्बर ४ ले पनि बालविवाह रोकथामका लागि विवाह गर्नुअघि वडा कार्यालयको सिफारिस अनिवार्य बनाइसकेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img