विज्ञान/प्रविधिडिभीको नतिजा कसरी हेर्ने?

डिभीको नतिजा कसरी हेर्ने?

काठमाडौं | नेपालीहरूले प्रत्येक वर्ष बढ्दो संख्यामा आवेदन दिने डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको नतिजा आज आउने भएको छ। अमेरिकी दूतावासले शुक्रबार सामाजिक सञ्जाल मार्फत नतिजा आउने समयसम्बन्धी जानकारी सार्वजनिक गरेको छ।

बिहीबार राति ९ बजेदेखि नेपाली आवेदकहरूले याहाँबाट आफ्नो कन्फर्मेसन नम्बर प्रविष्ट गरी आवेदन स्थिति जाँच्न सक्नेछन्। दूतावासले यही एक मात्र माध्यमबाट आवेदकहरूले आफ्नो नतिजा थाहा पाउन सक्ने बताएको छ।

डिभी नतिजा जाँच गर्ने विस्तृत विधि:

१. आज राति ९ बजेपछि याहाँ मा जानुहोस्।

२. आवेदन गर्दा प्राप्त भएको युनिक १६ अंकको कन्फर्मेसन नम्बर प्रविष्ट गर्नुहोस्।

३. न्युमेरिक कोडबक्समा देखिएको अंक प्रविष्ट गरी कन्टिन्यु थिच्नुहोस्।

४. नतिजामा तपाईंलाई डीभी भिसाको लागि छनौट भएको वा नभएको उल्लेख हुनेछ।

५. स्वीकृत भएको खण्डमा तपाईंलाई २डिभी केस नम्बर पनि दिइनेछ।

६. अस्वीकृत भएको खण्डमा अर्को आवेदनका लागि प्रतीक्षा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img