मनोरञ्जनसामाजिक सञ्जालमा भाइरल भैरहेकी बाल गायिका 'कल्पना'

सामाजिक सञ्जालमा भाइरल भैरहेकी बाल गायिका ‘कल्पना’

काठमाडौं | पछिल्लो केही समययता सामाजिक सञ्जालमा बाल गायिका कल्पना बिष्टका गीत र भिडियोहरू भाइरल बनेका छन्। बैतडीकी कल्पना बिष्ट पहिला नै बाल गायन प्रतियोगिता ‘भोइस अफ किड्स आइडल’मा सहभागी भएकी थिइन्।

कल्पनाले अहिलेसम्म ‘बझाङ बाजुरा’ र ‘गैँरी खेतलाई कुलो’ लगायतका गीत गाइसकेकी छिन्। उनको ‘बझाङ बाजुरा’ गीतलाई युट्युबमा झन्डै २५ लाख पटक हेरिएको छ भने ‘गैँरी खेतलाई कुलो’ गीतलाई पनि १२ लाख भन्दा बढीले निरीक्षण गरेका छन्।

संगीतकार अर्जुन सापकोटाले रेकर्ड गराएको कल्पनाको ‘गैँरी खेतलाई कुलो’ गीत निकै लोकप्रिय भएको थियो। तर, पत्रकार भोजराज थापाले आफ्नो कार्यक्रममा कल्पनाको बारेमा बोल्दा उनले गाएका गीतका बारेमा चर्चा नगरेको भन्दै विवाद समेत भएको छ।

आर्थिक रुपले कमजोर परिवारबाट आएकी कल्पनालाई पत्रकार र गीतकारले नै बाटो देखाएको बताइन्छ। कल्पना अहिले पनि नयाँ गीत रेकर्ड गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img