मौसमबागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं | जल तथा मौसम विज्ञान विभागले बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। देशका अधिकांश भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयको जोखिम रहेको छ। यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पार्न सक्छ। मौसम विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भएको छ र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img