देशकोशी प्रदेशभोजपुरको राउते खोलामा पक्की पुल निर्माण सम्पन्न

भोजपुरको राउते खोलामा पक्की पुल निर्माण सम्पन्न

भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ मा अवस्थित राउते खोलामा तीन करोड ५७ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय भोजपुरद्वारा निर्माण गरिएको यो पुलले स्थानीय बासिन्दाको दैनिक आवतजावतलाई सहज बनाएको छ।

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोका अनुसार, पुल निर्माण तोकिएको समयभन्दा १५ महिना अगावै सम्पन्न गरिएको छ। उनले स्थानीयको समस्यालाई मध्यनजर गर्दै निर्माण कार्यलाई तीव्रता दिइएको बताए।

यस पुलले साविकको वडा नं. ७ राउते र वडा नं. ५ लेखर्कलाई जोडेको छ। सवारीचालक मिलन तामाङले पक्की पुल निर्माण भएपछि यातायात सञ्चालनमा सहजता आएको बताए।

टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ का अध्यक्ष नवराज माङ्गपाहाङ्गले पुल निर्माण अघि स्थानीयलाई निकै समस्या भएको र अहिले सजिलो भएको जानकारी दिए। गाउँपालिका अध्यक्ष सरोज बस्नेतले गाउँपालिका र वडाको महत्त्वपूर्ण पहलमा पुल निर्माण गरिएको बताए।

यस पुल निर्माणले स्थानीय बासिन्दाको दैनिक जीवनयापनमा सहजता ल्याउनुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img