बागमती प्रदेशमकवानपुरमनहरीमा निर्माणाधीन नेपालकै अग्लो बुद्ध मूर्ति

मनहरीमा निर्माणाधीन नेपालकै अग्लो बुद्ध मूर्ति

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीमा नेपालकै सबैभन्दा अग्लो बुद्ध मूर्ति निर्माणाधीन अवस्थामा रहेको छ। ६५ फिट अग्लो यो मूर्ति स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्यले निर्माण गरिँदैछ।

टासी फुन्छोक छ्योलिङ गुम्बाको अगुवाईमा सिमपानी देवकोट सामुदायिक वनको चिहानडाँडा क्षेत्रमा यो परियोजना अघि बढाइएको हो। मूर्तिका साथै अष्टमांगल र ध्यान केन्द्र समेत निर्माण गर्ने योजना रहेको जनाईएको ।

गुम्बाका गुरु सुल्ठिम लामा थोकरका अनुसार यो परियोजनाको कुल लागत अनुमान करिब ४ करोड रुपैयाँ रहेको छ। उनले १० वर्षभित्र सम्पूर्ण निर्माण कार्य सक्ने लक्ष्य राखिएको जानकारी दिए।

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले यस परियोजनालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। हालसम्म गाउँपालिकाले ६६ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।

वडा अध्यक्ष नारायण उप्रेतीले यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको बताए। उनका अनुसार चिहानडाँडालाई एकीकृत शवदाह स्थल र पार्कसहितको धार्मिक संरचनाको रूपमा विकास गरिनेछ।

निर्माणाधीन बुद्ध मूर्ति पूर्व-पश्चिम राजमार्गबाट र मनहरीको रमनटारदेखि ज्यामिरेसम्मबाट देख्न सकिने बताइएको छ। यो परियोजनाले स्थानीय बौद्ध धर्मावलम्बीहरूको सम्मान गर्नुका साथै क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img