रोजगारीनेपाल राष्ट्र बैंकमा जागिरको अवसर

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूका लागि खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेको छ। केन्द्रीय बैंकले सहायक निर्देशक, प्रशासन सहायक र सूचना प्रविधि सहायक गरी कुल ५२ पदका लागि दरखास्त आह्वान गरेको हो।

विज्ञापन अनुसार सबैभन्दा बढी अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा ३४ जनाको माग गरिएको छ। यसमध्ये १७ पद खुला, ५ पद महिला र बाँकी आरक्षित समूहका लागि छुट्याइएको छ। त्यसैगरी सहायक द्वितीय श्रेणीको प्रशासन समूहमा १३ जना र सूचना प्रविधि समूहमा ५ जनाको माग गरिएको छ।

उम्मेदवारहरूले २०८१ भदौ २० गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म पनि आवेदन दिन सकिने बैंकले जनाएको छ। सहायक निर्देशक पदका लागि अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ भने सहायक पदका लागि प्रमाणपत्र तह वा १०+२ उत्तीर्ण गरेको हुनुपर्नेछ।

बैंकले पूर्वयोग्यता परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट उम्मेदवारहरूको छनौट गर्ने जनाएको छ। लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ भने अन्तर्वार्ता बैंकको केन्द्रीय कार्यालयबाट लिइनेछ। छनौट भएका उम्मेदवारहरूलाई बैंकका विभिन्न कार्यालयहरूमा पदस्थापन गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img