देशकोशी प्रदेशधनकुटामा भरूवा बन्दुकसहित एक व्यक्ति पक्राउ

धनकुटामा भरूवा बन्दुकसहित एक व्यक्ति पक्राउ

सुनसरी : आज धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नम्बर-३ चिउरीबोटेमा बस्ने राजन लिम्बू पक्राउ परेका छन् । पक्राउ पर्ने सोही ठाउँमा घर भएका २४ वर्षीय रहेका प्रदेश-१ प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

कार्यलय प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार शनिबार बेलुका ५ बजे प्रहरीले पक्राउ गरेको हो । चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोलीले आफ्नो गाईगोठमा लुकाइछिपाई राखेको अवस्थामा एक थान भरूवा बन्दुक बरामद गरेपछि उनलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका अभियुक्त लिम्बूउपर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय धनकुटाको हिरासतमा राखि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img