कोशी प्रदेशइटहरीइटहरी गोल्डकप फुटबल प्रतियोगिता १५औं संस्करण फागुन ३ गतेदेखि सुरु

इटहरी गोल्डकप फुटबल प्रतियोगिता १५औं संस्करण फागुन ३ गतेदेखि सुरु

कोशी |  इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १५औं संस्करण फागुन ३ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने यस प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा टिम सहभागी हुनेछन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक अनुरोध थापाले विजेता टिमलाई नगद १० लाख रुपैयाँ तथा उपविजेता टिमलाई ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिएका छन्। साथै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार र सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा साबिक विजेता चर्ज ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) – भारत, सगरमाथा यूथ क्लब – मोरङ (दुई पटकको च्याम्पियन) र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुनेछन्।

प्रतियोगितामा करिब ८१ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजकका अनुसार, इटहरी उपमहानगरपालिका र वडा कार्यालयहरूबाट १७ लाख, खेलकुद विकास बोर्ड कोशी प्रदेश र राष्ट्रिय खेलकुद परिषद्बाट जनही १५ लाख रुपैयाँ सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ। यस्तै, टिकट बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

यस वर्ष उद्घाटन खेल आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) – भारत बीच हुनेछ। अघिल्लो संस्करणमा रात्रिकालीन प्रतियोगिता गरिएको भए पनि यस वर्ष जाडो मौसमलाई मध्यनजर गर्दै दिउँसो खेल आयोजना गरिने आयोजकले जनाएको छ। आगामी संस्करणमा भने एन्फासँग समन्वय गरी पुनः रात्रिकालीन खेल आयोजना गर्ने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img