देशकोशी प्रदेशवडाध्यक्षको भैँसी मरेपछि केराबारीमा पशुपन्छी शाखा प्रमुखमाथि दण्ड

वडाध्यक्षको भैँसी मरेपछि केराबारीमा पशुपन्छी शाखा प्रमुखमाथि दण्ड

मोरङ | मोरङको केराबारी गाउँपालिकामा गलत तरिकाले औषधि खुवाउँदा वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुख सहदेव साहमाथि कामकारबाहीमा रोक लगाइएको छ।

उपचारको क्रममा भैँसी मरेपछि गाउँपालिकाले साहलाई हाजिर गर्न रोक लगाएको छ र छानबिन प्रक्रिया अघि बढाएको हो। गाउँपालिकाले कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ जसले घटनाको सत्यतथ्य पत्ता लगाउने र उपचारका क्रममा कुनै गल्ती भएको थियो कि होइन भन्ने जाँच गर्ने जिम्मेवारी पाएको छ।

समितिले घटनास्थलबाट मुचुल्का उठाएर मृत भैँसीको नमुना संकलन गरेको छ। परीक्षणको रिपोर्ट प्राप्त भएपछि थप कारबाही अघि बढाउने गाउँपालिकाको तयारी छ।

पशुपन्छी शाखाका प्रमुख साहले उपचारका क्रममा केराबारी गाउँपालिका–३ का वडाध्यक्ष रामचन्द्र शाहीको भैँसी मरेको बताइएको छ। भैँसी गत मंगलबार मरेको हो।

भैँसी मरेपछि वडाध्यक्ष शाही र केही गाउँलेहरूले गाउँपालिकामा ‘डेलिगेसन’ गरेका थिए। वडाध्यक्ष शाहीले क्षतिपूर्ति माग गर्दै गाउँपालिका र इलाका प्रहरी कार्यालय केराबारीमा निवेदन दिएका छन्। शुक्रबार प्रहरीले छलफल गरेको थियो, जसमा साहले आफूबाट कुनै गल्ती नगरेको दावी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img