राजनीतिनेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

काठमाडौं : नेपाली काङ्ग्रेसको महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।

केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ।
सभापति देउवाको महाधिवेशन केन्द्रित गरी गठन गरिएको सचिवालयले जानकारी दिएअनुसार प्रारम्भिक नतिजामा देउवा पक्षका महाधिवेशन प्रतिनिधि बढी निर्वाचित भएका छन् ।

देउवा सचिवालयले जानकारी दिएअनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा देउवा निकट महाधिवेशन प्रतिनिधि १२ जना निर्वाचित भएका छन् भने ललितपुर जिल्लाको निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये ७० प्रतिशत देउवा पक्षका छन् ।

मकवानपुरमा पनि ७० प्रतिशतको हाराहारीमा आफ्नो पक्ष निर्वाचित भएको दाबी गरिरहेको देउवा सचिवालयले झापामा कृष्णप्रसाद सिटौला पक्षसँग नमिल्दा पनि ३० प्रतिशत महाधिवेशन प्रतिनिधि देउवा पक्षको निर्वाचित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img