Sunday, April 20, 2025
राजनीतिप्रचण्डसँग तत्काल एकता सम्भव छैन : विप्लव
spot_img

प्रचण्डसँग तत्काल एकता सम्भव छैन : विप्लव

म्याग्दी । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)सँग तत्काल एकता सम्भव नभएको बताएका छन् । बेनीमा बुधबार मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएका हुन् ।

‘बाहिर हल्ला चलेको छ प्रचण्ड र विप्लव विचमा एकता हुँदै छ’, उनले भने, ‘एकता र सहकार्यको लागि नयाँ विचार, लक्ष्य र उद्देश्यका विषयमा छलफल हुनुर्छ ।’उनले थपे, ‘एकता आवश्यक छ तर पद र स्वार्थको लागि मात्र होइन । जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्त राखेका छौं ।’ सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले गुनासो व्यक्त गरे ।तीन बुँदे सहमतिलाई लिएर भ्रामक हल्ला फैलाइएको भन्दै उनले भने, ‘उतिखेर बाहिर हल्ला चल्यो केपीसँग मिल्यो रे अब त गृहमन्त्री बन्ने रे ! व्यक्तिगत स्वार्थको लागि तीन बुँदे सहमति भएको होइन् ।’

‘म अहिले तपाईहरुको बीचमा इमानपूर्वक भन्छु दुई चार करोड रुपैयाँ पैसा र सात वटा मन्त्रालय पाइएको थियो’, उनले भने, ‘केपीजीले आफ्नो स्वार्थको लागि दर्जन बढी विद्येयक र अध्यादेश ल्याए, तर हाम्रा कमरेडहरुलाई जेलमा राखेर कानूनको बाधा छ भन्नुभयो ।’उनले थपे, ‘अहिले प्रचण्ड र शेरबहादुरजीहरु पनि तीन बँुदे सहमति कार्यान्वयनबाट भाग्न खोजिरहनुभएको छ ।’ उनले वर्तमान सरकार भ्रष्टचारमा डुबेको आरोप लगाए । एनसेलविरुद्ध लड्न खोज्दा आफूहरुलाई प्रतिबन्ध लगाइएको दाबी गरे ।

उनले देशमा संसदीय व्यवस्था असफल भएको भन्दै नयाँ व्यवस्थाको लागि जनमतमा जानुपर्ने बताए । अदालतका न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाएका छन् ।‘नेपालमा पूँजिपतिको संसदीय व्यवस्था असफल भइरसक्यो । जनताको व्यवस्था नभएपछि हरेक दिन संकटमा फस्दै जानु ,समस्यमा पर्नु अनिवार्य छ ’, उनले थपे, ‘दुई तिहाई हुँदा पनि सरकार ढल्यो, संसद ढल्यो, कानूनहरु पनि लथालिङ्ग छ । तपाइ हामीले हेर्दै छौं । अदालतमा कुटाकुट छ । त्यसैले यो व्यवस्था असफल भयो भनेका हौं ।’

उनले न्यायाधीशहरुले संविधान हातमा लिएको आरोप लगाए । उनले भने, ‘पहिले हामीलाई तपाइले कानून हातमा लिनुभयो भनेर प्रश्न सोध्ने न्यायाधीशहरुले अहिले संविधान हातमा लिएका छन् ।’उनले नेपालमा मगर समुदायको ठूलो योगदान रहेको समेत उल्लेख गरे । ‘मगर जातिको इतिहास हजारौं वर्षको छ । क्रान्तिका लागि, देशको हरेक परिवर्तनका लागि र दोस्रो विश्व युद्धमा समेत मगर समुदायको ठूलो भूमिका छ’, उनले भने, ‘ विभिन्न कालखण्डमा शासकले खोसेको मगर जातिको पहिचान, अधिकार, भाषा र मगरात फिर्ता पाउनुपर्छ ।’

कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा मगरले देशको हरेक परिवर्तन र दोस्रो विश्वयुद्धमा समेत मगर समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । कार्यक्रममा उमा भुजेल, रामबहादुर बिक, अनेमसंघ क्रान्तिकारीका सचिव उसा घर्ति घिमिरे, म्याग्दी जिल्ला सेक्रेटरी शुशिला बिक लगायतले बोलेका थिए ।

तत्कालीन माओवादीले जनयुद्धमा बनाएको जमुक्ती सेना स्थापना तथा ८ मंसिर २०७१ सालमा नेकपा गठन भएको दिनको अवसर पारेर मोर्चाको सम्मेलन गरेका हुन् । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने संयोजक तथा पुर्व सांसद गमबहादुर श्रीस मगरले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img