देशकोशी प्रदेशझापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृ´त्यु

झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृ´त्यु

सुनसरी : झापाको कन्काई नगरपालिका-३ पुर्व-पश्चिम राजमार्गमा एक व्यक्तिको बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा झापाको कन्काई नगरपालिका-६ का ६० वर्षका कविराज बोहोरा रहेका छन् ।

पवित्रा पेट्रोल पम्पमा रहेको पुर्व पश्चिमतर्फ जाँदै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाइकललाई सोही दिशाको पछाडिबाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडिले ठक्कर दिएको थियो ।

बोलेरो ठक्कर भएका मोटरसाइकल चालक बोरोरालाई बिएण्डसी अस्पतालमा उपचारको क्रममा मंगलबार बेलुका करिब साढे ७ बजे मृ´त्यु भएको छ ।

बोलेरमा सवार चारजना यात्री घाइते भएकाले बिर्तामोडको विभित्र अस्पतालमा उपचार भइरहेको छ भने बोलेर र चालकलाइ इलाका प्रहरी कार्यलय सुरूङ्गाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img