Sunday, April 27, 2025
राजनीतितपाईँ कतै छुट्नु त भएन ?
spot_img

तपाईँ कतै छुट्नु त भएन ?

‘मेरो सहभागिता मेरो गणना’ नाराका साथ २५ कात्तिकदेखि देशभर सुरु भएको जनगणना आज बिहीबार सकिँदैछ । तथ्यांक विभागका अनुसार देशभर जनगणनाकाे काम अन्तिम चरणमा पुगेको छ ।

जनगणनाका लागि नाम टिपाउन छुटेकालाई आजसम्म समय दिइएकाे छ । जाजरकाेटमा जनगणनाका लागि  २ सय ४० गणक र ६० जना सुपरिपेक्षक खटिएका थिए । 

प्रारम्भिक रिपोर्ट अनुसार जाजरकोटमा पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ । जाजरकोटमा यसपटक करिब २ लाखको हाराहारीमा जनसंख्या पुग्ने अनुमान गरिएको छ ।

२०६८ अनुसार जाजरकोटको कुल जनसंख्या १ लाख ७१ हजार ३०४ थियो । यसपटक १ लाख ९० हजारदेखि २ लाख पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको जिल्ला जनगणना अधिकारी जनक बोहराले बताए । उनका अनुसार महिला ९४ हजार ७ सय ७३ र पुरुष ९४ हजार ५ सय ५० तथा अन्य ७ जना रहेको र केही थपघट हुन सक्ने आँकलन गरिएकाे छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img