समाजहेटौँडामा भोलिबाट ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुने

हेटौँडामा भोलिबाट ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुने

हेटौँडा | हेटौँडामा स्वर्गीय इन्द्रबहादुर श्रेष्ठ स्मृति अन्डर-२३ खुला ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता भोलि (सोमबार) देखि सुरू हुने भएको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित श्रमिक माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा २८ वटा टिम सहभागी हुनेछन्।

प्रतियोगिता व्यवस्थापन समितिका संयोजक निरजसिंह ठकुरीका अनुसार इन्द्र सपिङ्ग मार्टको मुख्य प्रायोजन तथा कर्रा युवा क्लबको आयोजनामा हुने यो प्रतियोगिता २९ चैतमा फाइनल खेलसहित सम्पन्न हुनेछ।

प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। आयोजकले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न तयारी पूरा भइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img