मकवानपुरकैलाश गाउँपालिका११ जना होमस्टे सञ्चालकलाई प्रविधि हस्तान्तरण

११ जना होमस्टे सञ्चालकलाई प्रविधि हस्तान्तरण

कैलाश (मकवानपुर) | कैलाश गाउँपालिका–२, बैकुण्ठका ११ जना होमस्टे सञ्चालकलाई आवश्यक प्रविधि र सामग्री हस्तान्तरण गरिएको छ। गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरिएको हो।

वैदेशिक रोजगारीबाट फर्किएका तथा स्वदेशमै केही गर्ने लक्ष्य राखेका युवालाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले जानकारी दिइन्। गाउँपालिकाकै बजेटमा वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै केही गर्ने लक्ष्य बोकेका युवाहरुलाई समेटेर मेड्पा कार्यक्रम अन्तरगत होमस्टेका सामाग्री हस्तान्तरण गरिएको अर्यालले बताईन् ।

वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी सञ्चालकहरूलाई होमस्टेमा प्रयोग हुने सामग्री, भान्सासम्बन्धी उपकरणदेखि तामाङ र गुरुङ समुदायका सांस्कृतिक भेषभूषासमेत हस्तान्तरण गरिएको हो।
“कैलाशको बैकुण्ठ क्षेत्रमा हालैका वर्षमा पर्यटन सम्भावना बढ्दो छ। जीपलाइन, धार्मिक र ऐतिहासिक स्थलहरू भएकाले यहाँ घुम्न आउने पर्यटकलाई होमस्टेमा बस्ने वातावरण तयार पारिएको हो,” अध्यक्ष घिसिङले बताए।

गाउँपालिकाले यसअघि होमस्टे सञ्चालनसम्बन्धी तालिम र अध्ययन भ्रमण समेत गराइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img