बागमती प्रदेशमकवानपुरनेपाल प्रेस युनियन मकवानपुरको ३४ औं स्थापना दिवस, संस्कृत विद्यालयलाई खाद्यान्न सहयोग

नेपाल प्रेस युनियन मकवानपुरको ३४ औं स्थापना दिवस, संस्कृत विद्यालयलाई खाद्यान्न सहयोग

हेटौँडा |  नेपाल प्रेस युनियन मकवानपुर शाखाले आफ्नो ३४ औं स्थापना दिवस सामाजिक उत्तरदायित्वसहित मनाएको छ। सोमबार हेटौंडा–१० स्थित गोरक्षश्वरधामको संस्कृति वेद विद्यालयमा आयोजित कार्यक्रममार्फत शाखाले खाद्यान्न सहयोग गर्दै स्थापना दिवस मनायो।

संस्थाले करिब ४० जना बटुकहरूलाई लक्षित गर्दै २० हजार रुपैयाँ बराबरको दाल, चामल, नुन, तेललगायतका खाद्य सामग्री प्रदान गरेको हो।

कार्यक्रम शाखा अध्यक्ष सुबास बिडारीको अध्यक्षतामा र संस्थापक अध्यक्ष राममणि दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

मुख्य अतिथि दाहालले प्रेस युनियनलाई केवल पत्रकारितामा सीमित नराखी समाजप्रति जिम्मेवार भूमिका खेल्न प्रेरित गर्नुपर्नेमा जोड दिँदै भने, “सामाजिक उत्तरदायित्वसहित सञ्चार कर्म गर्दै जानु आजको आवश्यकता हो।”

शाखा अध्यक्ष बिडारीले संस्कृत शिक्षाको संरक्षण र प्रवर्द्धनमा सञ्चारकर्मीहरूको सक्रिय समर्थन अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता सहकार्यले सकारात्मक सन्देश प्रवाह हुने बताए।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा, विद्यालय प्रधानाध्यापक गणेश धिताल, प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर अध्यक्ष एमपी शर्मा, स्वतन्त्र पत्रकार संघ अध्यक्ष राजन घिमिरे अनुराग, र सञ्चारीका समूह अध्यक्ष निशा गुरुङ लगायत दर्जनौँ सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

संस्थाले आगामी दिनमा पनि यस्तै सामाजिक गतिविधि र जिम्मेवार पत्रकारितालाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img