देशअफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । दक्षिण अफ्रिकी मुलुकसँगै यूरोपका विभिन्न देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रवेशमा रोक लगाएको छ ।

आइतबार (आज) गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गह मन्त्रालयले जनाएको हो । उक्त निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको बताइएको छ ।

यसका साथै अफ्रिकी मुलुक हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई पनि कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img