सुनसरी : झापाको कन्काई नगरपालिका-८ स्थित पुर्व-पश्चिम राजमार्गको बिरिङ पुलमा आइतवार बस दुर्घटना हुँदा १६ वर्षीय उत्सव पौडेलक मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ८०४१ नम्बर यात्रु वाहक बस दुर्घटना भएको हो । घाइते भएका भएकाहरूमध्ये ११ जनाको बिएण्डसि अस्पताल र ११ जनाको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
पत्ती भाँचिएर अनियन्त्रित भएको बस पुलको उत्तरतर्फको रेलिङ्गमा ठोक्किएर दुर्घटनामा परेको थियो । अगाडिको एउटा चक्का पुलको रेलिङ्ग भत्काएर बस पुलमा झुन्डिएको अवस्थामा बस खोलामा खस्न जोगिएको छ । दुर्घटनाका कारण सडक जाम भएको थियो । बस दुर्घनाको पूर्ण विवरण भने आउन बाकी रहेको ट्राफिक प्रहरी झापाले जनाएको छ ।