बागमती प्रदेशमकवानपुरहेटौँडामा मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

हेटौँडामा मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

हेटौँडा | मकवानपुरको हेटौँडामा बिहीबार राति मोटरसाइकल दुर्घटनामा परी राक्सिराङ गाउँपालिका–९ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार झाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राति ११ बजेर २० मिनेटतिर झा आफैंले चलाएको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल हेटौँडाको बुद्धचोकबाट राप्तीरोड हुँदै थानाभर्याङतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका झाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

४५ वर्षीय झा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ स्थायी घर भएका हुन्। उनी लामो समयदेखि हेटौँडामा बसोबास गर्दै राक्सिराङ–९ को कालिका माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img