समाज‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पदंशबाट मृत्यु भएको छ।

शनिबार राति महिनावारीका कारण छाउ गोठमा बसेकी २८ वर्षीया कमला दमाईलाई सर्पले डसेपछि उनको ज्यान गएको कृष्णपुर–२ का वडाध्यक्ष अरुण साउदले जानकारी दिए। महिनावारीको बेला घर, परिवार र समाजबाट अलग राख्ने पुरानो चलन अझै कायम रहेकाले उनी घर नजिकैको गोठमा बस्दै आएकी थिइन्।

सुदूरपश्चिमका पहाडी र तराईका जिल्लामा अझै पनि ‘अशुद्ध’ ठानी रजस्वला भएका महिलालाई गोठमा राख्ने प्रथा कायमै छ। यस प्रथाकै कारण विगतमा पनि जिल्लामा स्वास्थ्य समस्या र ज्यान जाने घटनाहरू भइरहेका छन्।

हाल नेपालमा यो प्रथा कानुनतः गैरकानुनी घोषित छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० अन्तर्गतको दफा १६८ उपदफा (३) मा रजस्वला र सुत्केरी महिलामाथि छाउ गोठमा राख्ने वा त्यस्तै अपमानजनक व्यवहार गर्ने कार्यलाई प्रतिबन्धित गरिएको छ। यसरी कसैलाई छाउ गोठमा राख्दा दोषी ठहरिएमा तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img