समाजनदीमा डुबेर चार युवकको मृत्यु

नदीमा डुबेर चार युवकको मृत्यु

spot_img

धनगढी । कैलालीको खुटिया नदीमा डुबेर चार युवकको मृत्यु भएको छ।

आज दिउँसो गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढी उपमहानगरपालिका–१७ का सक्षम जोशी, जावेज भण्डारी, प्रतीक चौधरी र वडा नं. १५ का जेव भण्डारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनीहरू साथीहरूसँगै नदीमा नुहाउन गएका थिए। तर नुहाउने क्रममा नदीमा बगेका चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

नदीमा गएका अन्य तीन जना भने सकुशल रहेका जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img