राशिफलदैनिक राशिफलकात्तिक १७ गते सोमबारको भाग्यफल

कात्तिक १७ गते सोमबारको भाग्यफल

कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि रहेकोले आध्यात्मिक साधना र धार्मिक कार्यका लागि अत्यन्त शुभ दिन हो। दिउँसो १:०७ बजेसम्म उत्तरभाद्रपदा नक्षत्र भएकोले बिहानको समय ज्ञान, ध्यान र मानसिक शान्तिका कार्यमा उपयुक्त छ, र त्यसपछि रेवती नक्षत्रले यात्रा, व्यापार र शुभकार्यमा सफलता दिनेछ। चन्द्रमा मीन राशिमा रहेकोले भावनात्मक संवेदनशीलता र कल्पनाशक्ति बलियो हुने भएकोले कलात्मक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ। हर्षण योग साँझ ६:५६ सम्म रहँदा खुशी र उल्लासको अनुभूति हुनेछ, तर त्यसपछि वज्र योगले तनाव ल्याउन सक्छ। दक्षिणायनको समय भएकोले पितृकार्य र दान-पुण्यमा विशेष फलप्रद हुन्छ, र शरद ऋतुको यो शुभ समयमा स्वास्थ्य र मनको सन्तुलनमा ध्यान दिनु उत्तम हुन्छ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसर प्राप्तिका लागि दौडधूप र परिश्रम गर्नुपर्छ। आफ्ना भावनालाई नियन्त्रणमा राख्नुहोस् नत्र हानी पुग्छ। विवादास्पद कामले धन दिए पनि आत्मसम्मानमा बाधा पर्छ। बाध्यात्मक काममा सञ्चित धन खर्च हुन्छ। पार्टनरको भावना बेवास्ता नगर्नुहोस्। आनन्दको वातावरणमा अचानक निराश हुने र तनाव झेल्ने परिस्थिति आउन सक्छ। भाग्यबल ०%, शुभअङ्क ३, शुभरङ सेतो। मन्त्र: ॐ नमःपशुपतये (२१ पटक)।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्र र कुलकुटुम्बसँग सहयोग आदानप्रदान गर्ने दिन हो। सानो प्रयासले घरायसी सुख र धनवैभव जम्मा पार्न सकिन्छ। कुनै प्रस्तावमा विचारविमर्श हुन्छ। आजको त्याग र साधनाले भविष्य सुदृढ बनाउँछ। खर्चमा कटौती गरेर लगानी गर्नुहोस्। जिम्मेबारी र कर्तव्यपालनले सबैको प्रशंसा पाउनुहुन्छ। परदेशका आफन्त वा पुराना साथीसँग पुनर्मिलन हुन्छ। भाग्यबल १००%, शुभअङ्क २, शुभरङ घिउरङ/सेतो। मन्त्र: ॐ चं चन्द्रमसे नमः (११ पटक)।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
इच्छाशक्ति बढ्छ, लक्ष्य प्राप्त गर्ने साहस जुट्छ। प्रविधि र खोजमूलक विषयका विद्यार्थीले राम्रो गर्छन्। काम र कर्तव्यप्रति दिलचस्पी जाग्छ। नाम र व्यक्तित्वको सुगन्ध फैलन्छ। व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको अवसर प्राप्त हुन्छ। पुरस्कार प्राप्त गर्ने योग छ। आलस्य त्यागेर मिहिनेत गर्दा राम्रो उपलब्धि मिल्छ। भाग्यबल ५५%, शुभअङ्क १, शुभरङ सेतो/घिउरङ। मन्त्र: ॐ शशिशेखराय नमः (२१ पटक)।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीर हलुका र मन प्रसन्न रहन्छ। लामो समयदेखि भेटघाट नभएको छ भने अब अनुकूलता मिल्छ। परहीत र सामाजिक काममा दौडधूप हुन्छ। सेवाभावना र धार्मिक स्वभाव बढ्छ। भोगविलास र सांसारिकतामा मोह घट्छ। कम्युनिकेसन, विज्ञापन वा मार्केटिङले कारोबारमा सफलता दिलाउँछ। अरूको नकारात्मक कुरामा ध्यान नदिनुहोस्। भाग्यबल १००%, शुभअङ्क ९, शुभरङ पहेंलो/सुन्तले। मन्त्र: ॐ सों सोमाय नमः (११ पटक)।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थ भए पनि काममा जुट्नुपर्छ। सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनुहोस्। पौष्टिक आहारमा ध्यान दिनुहोस्। तन्त्रमन्त्र र रहस्यात्मक विषयमा रुचि बढ्छ। कडा मिहिनेतले नसुल्झिएको समस्या हल गर्न सक्नुहुन्छ। जोखिम र सङ्कटले भरिपूर्ण समय हो। निराशा, दिक्दारी र चिडचिडेपन बढ्छ। परिबन्दले आर्थिक बोझ बढ्छ। भाग्यबल ०%, शुभअङ्क ८, शुभरङ सेतो/पहेंलो। मन्त्र: ॐ मृत्युञ्जयाय नमः (२१ पटक)।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीयता र भावुकतामा भुलिंदा महत्त्वपूर्ण पाठमा कमजोरी देखिन्छ। लक्ष्यका लागि कडा मिहिनेत गर्नुहोस्। व्यक्तित्वमा निखार आउँछ। धेरैको मन लोभ्याउन सकिन्छ, प्रेमिल भावना विकसित हुन्छ। आत्मकेन्द्रित भएर आफ्नै बारेमा मात्र सोच्दा नजिकका आफन्त टाढिन्छन्। कार्यालयमा नयाँ कामको जिम्मा लिनुपर्छ। घरपरिवार र जीवनसाथीलाई समय दिनुहोस्। भाग्यबल ३५%, शुभअङ्क ७, शुभरङ रातो। मन्त्र: ॐ साम्बसदाशिवाय नमः (२१ पटक)।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सज्जन, विद्वान् र भद्रभलादमीको सङ्गत हुन्छ। न्यायसम्पादन, प्रशासन र राजनैतिक क्षेत्रको काम अघि बढ्छ। ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा राम्रो हुन्छ। मस्तिष्कलाई आराम हुने समय छैन। पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण छ। पतिपत्नीबीच उचित तालमेल हुन्छ। एकअर्काको भावनाको कदर गर्नुहोस्। भाग्यबल १००%, शुभअङ्क ६, शुभरङ सेतो। मन्त्र: ॐ अश्विनीकुमाराभ्यां नमः (२१ पटक)।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुन्छ। ज्ञान, आत्मबल र सामर्थ्य देखाएर अरुलाई प्रभावित बनाउन सकिन्छ। महत्त्वपूर्ण उपलब्धिको बाटो खुल्छ। तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुनुहोस्। जुनियर स्टाफ वा छोराछोरीबाट पनि लाभ हुन्छ। साथीले मनको कुरो बुझ्दा विश्वासको वातावरण बन्छ। एकान्तमा रमाउँदै भावना आदानप्रदान हुन्छ। भाग्यबल १००%, शुभअङ्क ५, शुभरङ सेतो। मन्त्र: ॐ ऐं सरस्वत्यै नमः (११ पटक)।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरायसी काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्छ। श्रम गरेबमोजिम कार्यालयको काम सम्पादन हुन्छ। शङ्कालु बानी र विश्वासको कमीले समन्वय कमजोर बन्छ। भावनाप्रधान दिन हो, एकअर्काप्रति समर्पित हुनुहोस्। मातृसुखमा प्रभाव पर्छ, आमाको स्वास्थ्यबारे जानकारी लिनुहोस्। सहकर्मीसँग असमझदारी बढ्दा तनाव हुन्छ। भाग्यबल ०%, शुभअङ्क ४, शुभरङ घिउरङ। मन्त्र: ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः (११ पटक)।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीको कारोबारमा राम्रो हुन्छ। सामाजिक काम वा साथीका कारण केही बाधा हुन्छ। दाम्पत्य जीवनमा नयाँ आयाम थपिन्छ। पुराना साथी र सहयोगीसँग अप्रत्यासित भेटघाट हुन्छ। बहुप्रतीक्षित अभिलाषा पूरा हुन्छ। साथीसँग छलफल गरी नयाँ कुरो सिक्न पाइन्छ। भाग्यबल ६०%, शुभअङ्क ३, शुभरङ गुलाबी/सिन्दुरे। मन्त्र: ॐ भालचन्द्राय नमः (२१ पटक)।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खातापाता दुरुस्त बनाउन सकिन्छ। उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ। अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउनुहुन्छ। मन फुरुङ्ग र हलुका हुन्छ। कहिलेकाहीं अलि बढी कठोर भएको महसुस हुन्छ। मिहिनेत र बुद्धिकौशलले साथीबीच विद्वान् साबित हुनुहुन्छ। गुरुजनबाट स्याबासी पाउनुहुन्छ। भाग्यबल ०%, शुभअङ्क २, शुभरङ घिउरङ। मन्त्र: ॐ सुधाकराय नमः (११ पटक)।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विपरीत परिस्थिति भए पनि काम कुशलतापूर्वक झेल्ने सामर्थ्य विकास हुन्छ। पेसागत उन्नतिको प्रयास सार्थक बन्छ। मानसिक शान्ति मिल्छ। पार्टनरले भावना बुझ्छन्, एकान्त स्थलमा रमाउन पाइन्छ। गम्भीर स्वभावको उदय हुन्छ। एक्लै बस्न मन पर्छ। पारिवारिक जीवन खासै सुखद हुँदैन। आशावादी हुनु निराशावादीभन्दा राम्रो हुन्छ। भाग्यबल ५०%, शुभअङ्क १, शुभरङ पहेंलो/सुन्तले। मन्त्र: ॐ देवगुरुभ्यो नमः (१९ पटक)।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img