देशबागमती प्रदेशहेटौँडा सडक विस्तार कार्य रोकियो

हेटौँडा सडक विस्तार कार्य रोकियो

हेटौँडा  |  हेटौँडा सडक विस्तार कार्य सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै तत्कालका लागि रोकिएको छ। सडक सीमा संरक्षण अभियानअन्तर्गत प्रकाशित सूचनाविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले शुक्रबार तत्काललाई विस्तार रोक्न आदेश दिएको थियो। उक्त आदेश आइतबार दिउँसो १२:४६ बजे सडक डिभिजन कार्यालय हेटौँडामा दर्ता भएपछि विस्तारको कार्य रोकिएको हो ।

सडक डिभिजन हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार आइतबार दिउँसो १ बजेदेखि बाँकी संरचनामा डोजर चलाउने तयारी थियो। आदेश आधिकारिक रूपमा आएपछि विस्तार कार्य रोकिएको र अब मंसिर २६ गते हुने छलफलपछि मात्र अगाडिको निर्णय हुने उनले बताए।

रिट पूर्व सांसद विन्दबासिनी कंसाकारसहितले मंसिर १६ गते दायर गरेका थिए । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि विस्तार रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले दुवै पक्षलाई मंसिर २६ गते छलफलका लागि उपस्थित हुन भनेको छ ।

कंसाकारले आफ्नै तथा बाबुले सञ्चालन गर्दै आएको व्यवसाय सडक सीमाभित्र पर्ने भएकाले उचित मुआब्जा र क्षतिपूर्ति बिना संरचना भत्काउन खोजिएको दाबी गर्दै रिट दायर गरेकी हुन्। उनीहरूको परिवारको संरचना २५ गजभित्र पर्न जाने उल्लेख छन्।

यद्यपि सर्वोच्चले शुक्रबार नै आदेश जारी गरे पनि सडक डिभिजनले शनिबार बिहानैदेखि सडक सीमा भित्रका करिब ५१० संरचना भत्काएको जनाएको छ। काम रोकिएपछि अब सडक विस्तार पुनः सुरु हुने–नहुने विषय मंसिर २६ को अदालत छलफलपछि मात्र टुंगिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img