अर्थ व्यापारबढ्यो पेट्रोल–डिजेलको भाउ: तपाईंको ठाउँमा कति पर्छ?

बढ्यो पेट्रोल–डिजेलको भाउ: तपाईंको ठाउँमा कति पर्छ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगम ले सोमबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रुपैयाँ बढाएको जनाएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।

निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य भारतीय आयल कर्पोरेसनको मूल्यसूचीका आधारमा तय गरिएको हो। आइओसीले पठाएको सूचीमा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५१ पैसा र डिजेलमा ५ रुपैयाँ २ पैसा वृद्धि देखिएको निगमले जनाएको छ।

तीन वर्गमा फरक मूल्य

निगमले देशभरलाई तीन वर्गमा विभाजन गरेर मूल्य निर्धारण गरेको छ।

पहिलो वर्ग (चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी):
पेट्रोल १५४ रुपैयाँ ५० पैसा, डिजेल/मट्टीतेल १३९ रुपैयाँ ५० पैसा प्रतिलिटर।

दोस्रो वर्ग (सुर्खेत, दाङ):
पेट्रोल १५६ रुपैयाँ, डिजेल/मट्टीतेल १४१ रुपैयाँ प्रतिलिटर।

तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल):
पेट्रोल १५७ रुपैयाँ, डिजेल/मट्टीतेल १४२ रुपैयाँ प्रतिलिटर।

मूल्य कसरी तय हुन्छ?

निगमले अन्तर्राष्ट्रिय बजारबाट सिधै कच्चा तेल खरिद गर्दैन। आवश्यक सबै प्रशोधित पेट्रोलियम पदार्थ आइओसीबाट किन्ने गरेको छ। आइओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको लागत, प्रशोधन शुल्क र अन्य खर्च जोडेर नेपालका लागि बिक्री मूल्य पठाउँछ।

त्यसपछि आयात गर्दा तिर्नुपर्ने भन्सार, कर तथा महसुल, ढुवानी खर्च, प्रशासनिक लागत र डिलर कमिसन जोडेर निगमले उपभोक्ता मूल्य तय गर्छ।

यसरी हेर्दा पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा सबैभन्दा ठूलो प्रभाव अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दामले पार्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img