समाजकैलालीमा मरेको कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र अर्का छोरा...

कैलालीमा मरेको कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र अर्का छोरा गम्भीर

कैलाली | मरेको कुखुराको मासु खाँदा कैलालीमा एकै घरका दुई बालकको मृत्यु भएको छ भने आमा र अर्का एक बालक गम्भीर बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका–३ भक्तपुर निवासी ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको हो। शुक्रबार मरेको कुखुराको मासु खाएपछि गम्भीर बिरामी परेका उनीहरूको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा बालककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका ३ वर्षीय छोरा दिपेश ताम्राकार गम्भीर बिरामी परेका छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।

प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार ताम्राकार परिवारले स्थानीय ‘विकास पोल्ट्री फार्म’बाट ल्याएको मरेको कुखुराको मासु खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त फार्म मङ्गल साउदले सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img