अर्थ व्यापारनेप्सेमा दोहोरो अंकको सुधार:५ अर्ब ४४ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको सुधार:५ अर्ब ४४ करोडको कारोबार

spot_img

काठमाडौं । धितोपत्र बाज़ार नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेर २६२९.८१ विन्दुमा पुगेको छ। अघिल्लो दिन ३६.२५ अंकले घटेको नेप्से सूचक बिहीबार ११.७७ अंक (०.४४ प्रतिशत) ले उकालो लागेको हो।

​नेप्सेमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम भने ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ नाघेको छ। कुल ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार भन्दा बढी कित्ता सेयर किनबेच भएका छन्।

​कारोबार भएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

​यस दिन निर्जीवन बिमा उपसमूहबाहेक अन्य सबै उपसमूहका सूचकहरू बढेका छन्। नेपाल ल्युव आयल, सोनापुर मिनरल एन्ड ओइल, कुमारी सबल योजना, घोराही सिमेन्ट र सीवाईसी नेपाल लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन्। यस्तै मिड सोलु हाइड्रोपावर, धौलागिरी लघुवित्त र सिटिजन्स सुपर ३० म्युचुअल फन्डका सेयरधनीले भने गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img