राजनीतिनेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाडाैँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट पार्टी सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै पार्टीको नेतृत्व सम्हाल्नुभएको हो।

​सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समिति, का अनुसार यस चुनावमा कुल ५४ मत बदर भएको छ।

​पार्टी सभापतिसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि भएको मतदानमा ९६.२ प्रतिशत मत खसेको थियो। निर्वाचनमा २३१ पदका लागि ८११ जना उम्मेदवार चुनावी मैदानमा थिए।

​महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाडौं उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदहरूको मतगणना र परिणाम आउने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार